४ पुस २०८२, शुक्रबार | December 19, 2025

कारोना संक्रमितको उपचार ब्यवस्थापनमा अहोरात्र खट्ने डाक्टर लेख्छन् ‘आफैं कोरोना संक्रमित बिरामी पो भएछु’



दुइ दिन अघि भर्खरै कोभिड बिरामीको सेवामा लाग्ने भनेर कोरोना अस्थायी अस्पतालको लागि भनेर छनौट भएकी एक जना नर्सिङ स्टाफले मलाई मेसेज गरिनू डक्टर हजुरलाई थाहा छ कि छैनरु अहिले हामी बार्ह जना स्टाफ धागो कारखानामा भर्ना छौं । मलाई थाहा थियो, उनिहरु माथिको मुख्य अस्पतालको आइ सी यू मा ट्रेनिङको क्रममा संक्रमित भएका थिए। तर एक्स रे हेर्दा खासै समस्या नभएको र सामान्य लक्षण भेटिएपछि भर्ना गरिएको थियो, बिशेष निगरानीमा राख्न।अहिलेको संकट्मा सेवामा समर्पण गर्ने भनेर काममा आउनु ठूलो कुरा हो।

मैले मेसेज पाएपछि भनें- ‘म तिमीहरूलाई भेट्न आउंछु। चिन्ता नगर्नू, उच्च मनोबल राख्नू। अहिले समस्या भए भन्नू।’ म अस्पतालको प्रमुखको जिम्मेवारीमा आएपछि अस्पतालका फांटहरुमा प्रायस् नियमित रूपमा पुग्ने बानि छ। किन किन अन्य कार्यालय प्रमुख जस्तो सहि गर्दै बस्ने बानि मन पर्दैन । तर बाध्यता छ, कहिलेकाही भ्याइदैन। प्रशासन मेरो मन पर्ने क्षेत्र पनि होइन। राम्रो काम र परिबर्तनमुखि काम गर्दा पनि धेरैको तारो भइने।

अर्को दिन दिउसो म त्यहाँ गएं। सबैलाई बाहिर बोलाएं, सामजिक दूरी राखेर कुरा गर्न भनें, मास्कको उचित प्रयोगको बारेमा हवाइ जहाजमा एअर होसटेजले हरेक पटक उद्घोषण गरेर सम्झाएं जस्तै बताएं, हातको सफाई बारेमा बुझाएं। र, मायाले यी कलिला नानीहरूलाई स्वास्थ्यकर्मी संक्रमित हुनु भनेको कुनैआफ्नै हेल्चेक्रायी हो भनेर गाली जस्तो गरें। मास्क फुकालेर बिरामीसंग कुरा गरेका थियौ किर ?, मोबाइलमा आफू आफूहरु सेल्फी र टिक टोक बनाउन नजिक भएका थियौ किर ? हातको राम्रो सफाइ भएन कि ? सम्झाएं।

फेरी भनें – ‘हेर गोठमा गोबर सोत्तर गर्नेहरुलाई कहिलेकाही जत्ति गरे पनि आफूलाई लाग्न सक्छ। यो चाहिं दुर्घटना हो। त्यस्तो मलाई पनि हुन सक्छ। आज तिमीहरूलाई गाली गरेर पर्सि भयो भने ! केहि छैन खट्ने र गर्नेलाई नै यस्तो हुने तर साबधानी अपनाम है। न आत्तिनू ,तिमीहरूलाई कोरोना फ्री गराएर हामीले काम दिनेछौं ।’ उनीहरू मेरो काउन्सेलिङ्ले खुशि भए जस्तो लाग्यो। अहिले उनीहरुको स्वास्थ्य लाभ भैराखेको छ।

तर कस्तो संयोग हो कुन्नि ? हिजों रातिदेखि मलाई पो ज्वरो आउन शुरु गर्यो, राति मध्यरातमा सुख्खा खोकिले अप्ठ्यारो पारे जस्तो भयो, जीउ दुखेर भारी भएकोमा शंकाले बिहान पीसीआर टेस्ट गर्न स्वाब दिएकोमा पोजिटिभ रिपोर्ट पो आयो। अहिले होम आइसोलेशनमा बसेको छु, फिजिसियन साथीहरूसंग समन्वय गरेर।बर्षमा खास गरी यो सिजनमा घांटी दुख्ने हल्का जीउ दुख्ने त प्रायस् हुन्थ्यो। कहाँबाट कोरोना घुस्यो,रनभुल्लमा छु। छिटै यसबाट पार पाएर काममा फर्किने छु।

मसंग गत ४/५ दिनदेखि नजिक भएका कुनै पनि साथिहरुमा शंकाका लक्षण छन भने तुरुन्तै अस्पतालको फीबर क्लिनिकमा आई निशुल्क पीसीआर टेस्ट गराउनुहोला।समस्या नभएकाहरु ५/७ दिनको सेल्फ आइसोलेशन तथा सरकारले भनेको सामाजिक दूरी, मास्कको उचित प्रयोग र हातको सफाइमा को सुरक्षा कवचमा रहनुहोला र लक्षण निस्किएमा तु. लुम्बिनी प्रादेशिक अस्पतालको फीबर क्लिनिकमा सम्पर्क गर्नु होला।

शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ। मेसेज जति गरे पनि हुन्छ ।तर सकारात्मक होस, जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ , र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाउं।

प्रस्तुत भावना लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालको हो । कोरोना संक्रमितको उपचारको ब्यवस्थापन गर्दा गर्दै आफै संक्रमित भएपछि उनले आफ्नो फेसबुक वालमा यस्तो भावना लेखेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १० : ०२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा