१५ चैत्र २०७९, बुधबार | March 29, 2023

आईपीएल २०२० : किङ्स इलाभेन पन्जाबको पहिलो जित



एजेन्सी । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले पहिलो जित हाँसिल गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित हात पारेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा सिमित बन्यो ।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । त्यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए । शिवम डुबे १२ रनमा आउट भए ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३, ३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहंदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ।

उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने ।

त्यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे  ।बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।

यो जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : १४ बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको