५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : किङ्स इलाभेन पन्जाबको पहिलो जित



एजेन्सी । युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले पहिलो जित हाँसिल गरेको छ ।

गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित हात पारेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा सिमित बन्यो ।

बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । त्यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए । शिवम डुबे १२ रनमा आउट भए ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३, ३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहंदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ।

उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने ।

त्यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे  ।बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।

यो जितसँगै पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पन्जाब तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

बैंगलोरको यो पहिलो हार हो । पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो ।

बैंगलोर २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ६ : १४ बजे

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक

तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग

बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा

होटल ब्यवसायीको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान

बुटवल । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले नया वर्ष