२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बेगखोलामा पुल नबन्दा सास्ती



म्याग्दी । भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण-१ दोवाकी कुमारी शेरचनले ३० गते राति बाटोमै सुत्केरी भइन् ।

दोवाबाट कुमारी चढेर आएको जीप रघुगङ्गा-१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै रोकएपछि असुरक्षितरूपमा सुत्केरी हुनुपरेको हो । ‘कुमारीले अस्पताल पुग्न नपाई कालीओढार भन्ने ठाउँमा बास बसेकै घरमा बच्चा जन्माएपछि बाटैबाट गाउँ फर्किए छन्’, दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले भने, ‘३० गते सर्पले टोकेर घाइते भएका दोवाकै दलबहादुर गर्बुजालाई बेनी अस्पताल जाने क्रममा डोजरको बकेटमा राखेर बेगखोला तारिएको थियो ।’

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको बेगखोलामा मोटरेबल र झोलुङ्गे पुल नहुँदा दुःख पाएका नागरिकका उदाहरणका पात्र मात्र हुन् दोवाका कुमारी र दलबहादुर । विसं २०७३ भदौ १७ गते रातिको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ घर बगाएको थियो ।

बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा हरेक बर्खायाममा बेनी-जोमसोम यात्रा गर्ने नागरिकले जोखिम, सास्ती र झन्झट ब्यहोर्नुपरेको छ । भदौ २७ गते नारच्याङ जाने क्रममा बेनीका खगेन्द्र भण्डारीले बेगखोलामा मोटरसाइकल ट्र्याक्टरमाथि चढाएर तार्नका लागि रु एक हजार तिरे । ‘उर्लेर आएको बाढीमा मोटरसाइकल तार्न सकिएन’, उनले भने, ‘रु एक हजार दिएपछि ट्र्याक्टरमाथि मोटरसाइकल चढाएर तारिदिए ।’

कार्यालयको काम विशेषले सदरमुकाम बेनी आएर फर्कने क्रममा टिकोट माविका प्रअ प्रदीप पुन बाढीका कारण एक रात बेगखोलामै बास बस्नुपरेको बताउँछन् । कालीगण्डकीमा मिसिने बेगखोलामा लेकमा बर्खा हुँदा बाढी आउँछ । पाखा र ठाडा खोल्साको बाढी पनि यसैमा मिसिन्छ । बेगखोला र कालीगण्डकीको दोभानमा खोला वारपार गर्ने घाट छ ।

बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बर्खायाममा बेगखोलामा दैनिकजसो अवरुद्ध गराउने अन्नपूर्ण-६ पोखरेबगरका खड्ग गिरीले बताए । ‘रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका नागरिकलाई आवतजावत गर्न गाडी परिवर्तन गर्नुपर्ने झन्झट र सास्तीका साथै जोखिम भएको छ’, उनले भने, ‘मुस्ताङमा उत्पादित स्याउ, आलुलगायत कृषि उपज निकासी, दैनिक उपभोग्य सामान ढुवानी र बिरामीलाई अस्पताल पुर्‍याउन सकिएको छैन ।’

बेगखोलामा मोटरेबल पुल नबन्दासम्म आवतजावतलाई सहज बनाउन झोलुङ्गे पुल भए पनि बनाउनुपर्ने स्थानीयवासीको माग छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले सडक विभागअन्तर्गतको पुल महाशाखाले बेगखोलामा मोटरेबल पुल बनाउन ठेक्का आह्वान गरिसकेको बताए ।

‘विभागले नै पुल बनाउन ठेक्का प्रक्रिया अघि बढाएको छ’, उनले भने, ‘विभागमार्फत नै महभिर र पोखरेबगरमा दुई वटा पुल निर्माणको क्रममा छन् ।’ रासस

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ५४ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका