१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चाडपर्वका बेला सीमा आवागमनमा पूर्ण रोक लगाउने प्रदेश ५ सरकारको निर्णय



बुटवल । प्रदेश सरकारले गरेका कुनै पनि सीमासम्बन्धी निर्णय र निर्देशनहरु कार्यान्वयन हुन नसकेका बेला प्रदेश ५ सरकारले पुनः चाडवाडका बेला नेपाल भारतको सीमामा पूर्ण रुपमा कडाई गर्ने निर्णय गरेको छ ।

कोरोनाको महामारी सुरु भएलगत्तै प्रदेश ५ सरकारले सीमाबाट नेपाल प्रवेश गर्ने नेपालीमा कडाई गर्न निर्देशन दिएको थियो । तर प्रदेश ५ मा पर्ने नाकाहरुबाट मात्र कोरोना माहामारीका बीच ४ लाखको आसपासमा सीमा पार गरेर नागरिकहरु नेपाल प्रवेश गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले पुनः चाडवाडको बेला सीमाबाट आवागमनलाई पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको छ ।
बुटवलमा सम्पन्न भएको केन्द्रको बैठकले कोरोना माहामारीको हालसम्मको आकलन गर्दै जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । तर, प्रदेश ५ का प्रत्येक सीमाबाट हजारौंको संख्यामा नेपालीहरु भारततर्फ गईरहेका छन् । भारतबाट दशैं मनाउन घर फर्कने नेपालीहरु पनि फाटफुट आइरहेका छन् ।

केन्द्रको बैठकले कोभिड बिरामीको उपचारको लागि मौजुदा भौतिक र स्वास्थ्य पूर्वाधारको क्षमताले नभ्याउने सम्भावना रहेको निस्कर्ष निकालेको छ । तत्काल लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो कारखानाको कोरोना बिशेष र दाङ्ग बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको उपचारको लागि High Dependency Unit (Oxygen Therapy)को सेवा बिस्तार गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

लक्षण देखिएका शंकास्पद बिरामीको एऋच् परीक्षणको व्यवस्था मिलाउन र जिल्ला/ जिल्लामा PCR परीक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वस्थ्य संस्थाहरुको प्रभावकारी परिचालन गर्ने केन्द्रले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ५ : ५५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम