३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : दिल्लीको लगातार दोस्रो जित



काठमाडौं । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराति चेन्नई सुपर किंग्स (सीएसके)लाई ४४ रनले हराउँदै दिल्लीले लगातार दोस्रो जित हासिल गरेको हो ।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको सीएसकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डुप्लेसिसले ४३, केदार जाधवले २६, शेन वाट्सनले १४, मुरली विजयीले १०, कप्तान महेन्द्रसिंह धोनीले १५ र रवीन्द्र जडेजाले १२ रन बनाए ।

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले ३, एनरिक नोर्कियाले २ र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ न बनायो ।

उसका लागि ओपनर पृथ्वी शाले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए ।

बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए । योजितसँगै दिल्ली ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ६ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको