२१ माघ २०८२, बुधबार | February 5, 2026

एनआईसी एशिया नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’मा बैंकिङ पार्टनरको रुपमा नियुक्त



काठमाडौ । एनआईसी एशिया बैंक नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’मा एक्सक्लूसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको छ ।

सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले एनआईसी एशिया नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एक्सक्लूसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको हो ।

उक्त बैंक र कोषबीचको समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण नेपालीहरूलाई नयाँ तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी कोषले यस उत्कृष्ट ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको बैंकले जनाएको छ ।

देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्सक्लूसिभ बैंकिङ पार्टनर हुन पाउन बैंकले गौरवान्वित ठानेको बताएको छ ।

साथै यस ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् ।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनताहरु समेत यस पेन्सन योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको छ ।

साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको छ ।

बैंक र कोषबीच भएको यस ऐतिहासिक समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकहरूलाई उक्त ऐतिहासिक पेन्सन योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित बनाउनुहुन बैंकले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ५६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता