७ आश्विन २०८३, बुधबार | September 23, 2026

मकवानपुरमा विभिन्न घटनामा सातको मृत्यु



मकवानपुर । मकवानपुरमा विभिन्न घटनामा सात जनाको मृत्यु भएको छ ।

शनिबार हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने आजै रेबिजका कारण ५९ वर्षीय एकजना पुरुषको मृत्यु भएकोे छ ।

खोलाले बगाउँदा विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ भने दुई फरकफरक स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाशमा खोलाले बगाउँदा ३८ वर्षीय धावा स्याङ्तान, भीमफेदीमा राप्ती खोलाले बगाउँदा वीरगञ्ज घरभई हेटौंडा बस्ने १८ वर्षीया किशोरी प्रियका सोनी र हेटौंडा १९ को ज्यामिरे खोलालले बगाउँदा पहिचान नखुलेकी अन्दाजी ४०/४५ वर्षकी एक महिलाको ज्यान गएको हो ।

मकवानपुरको मकवानपुरगढी दरबार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको र पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा अर्का एक जनाको मृत्यु भएको छ ।

गढी दुर्घटनामा ४६ वर्षीय भरत पुडासैनी र मनहरी दुर्घटनामा बारा रतनपरीका सूर्य स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुवै घटनामा दुई जना गम्भीर घाइते भएका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ६ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई