६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई



मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाई छाड्नु परेको छ । राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बिचमै छाडेका हुन् ।

यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाई छाडेका छन् । उक्त विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ ।

विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाई बिचमै छाड्नु परेको छ । विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाई निरन्तरता गर्न नसकेको खुलेको छ ।

राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्छिन्, “बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गईन ।” उनकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ ।

यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ । सरकारले नि:शुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ४० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र