१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सुनका गरगहनासहित कञ्चनपुरबाट दुई व्यक्ति पक्राऊ



कञ्चनपुर । सुनका गरगहनाको ओसारपसारमा संलग्न दुई जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारस्थित सीमानाका क्षेत्रबाट ती दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डाटीको केआई सिंह गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय मोहन कामी र सोही गाउँका १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

उनीहरुको साथबाट ४४० ग्राम ६३० मिलिग्राम तौलका विभिन्न किसिमका तयारी सुनका गरगहना बरामद् गरेको प्रहरीले जनाएको छ ।

दुवैजनामाथि थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : २५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले