५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सुनका गरगहनासहित कञ्चनपुरबाट दुई व्यक्ति पक्राऊ



कञ्चनपुर । सुनका गरगहनाको ओसारपसारमा संलग्न दुई जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारस्थित सीमानाका क्षेत्रबाट ती दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डाटीको केआई सिंह गाउँपालिका वडा नं. २ बस्ने २२ वर्षीय मोहन कामी र सोही गाउँका १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

उनीहरुको साथबाट ४४० ग्राम ६३० मिलिग्राम तौलका विभिन्न किसिमका तयारी सुनका गरगहना बरामद् गरेको प्रहरीले जनाएको छ ।

दुवैजनामाथि थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : २५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं