२ पुस २०८२, बुधबार | December 17, 2025

चित्लाङ-थानकोट सडक खुल्ला



मकवानपुर । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ-थानकोट सडक खुलेको छ ।

गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आइतबार सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ-थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो ।

अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो ।

समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए । रासस

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन