२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

चित्लाङ-थानकोट सडक खुल्ला



मकवानपुर । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध चित्लाङ-थानकोट सडक खुलेको छ ।

गत बुधबारदेखि अवरुद्ध सडकका ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आइतबार सकिएपछि सडक पुनः सञ्चालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाडौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ-थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले ठाउँठाउँमा पहिरो गएको थियो ।

अहिले सडक चलेपछि उक्त सडकबाट सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि थाहानगरवासीलाई सबैभन्दा छोटो मार्ग भएर काठमाडौँ जान समस्या भएको थियो ।

समस्या सुल्झाउने क्रममा काठमाडौँका प्रदेशसभा सदस्य रमा आले मगर, मकवानपुरका तत्कालीन संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, थाहा होटल एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललगायत पहिरोस्थलमा पुगेका थिए । रासस

 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३२ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको