२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बाघको आक्रमणबाट चितवनमा फेरि एक जनाको मृत्यु



चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ ।

जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको रामले जानकारी दिए ।

बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १२ : २३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको