७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उद्योग वाणिज्य संघको साधारणसभा स्थगित



बुटवल । बुटवल उद्योग वाणिज्य संघको ६७ औं साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । संघले असोज २८ र २९ गते गर्ने तय गरेको साधारणसभा मंगलबार बसेको बैठकले स्थगित गरेको हो ।

खिमबहादुर हमालको अध्यक्षताको कार्यावधि समाप्त भएका उद्योग बाणिज्य संघले निर्वाचनको समेत तयारी गर्दै असोज २८ र २९ गते साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको घोषणा गरेको थियो ।

मुलुकमा जारी कोरोना महामारीका कारण सबैजना एक स्थानमा भेला हुन सक्ने परिस्थिती नभएको भन्दै साधारणसभा स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले जानकारी दिए ।

संघले अधिवेशनको घोषणा गरेसँगै बुटवलका व्यवसायीहरुमा निर्वाचनको वाताबरण सुरु भईसकेको अवस्थामा साधारणसभा स्थगित भएको छ ।

आगामी कार्यकालका लागि संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुर र उद्योग तर्फका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले अध्यक्ष पदमा दाबी गर्दै आ-आफ्ना पक्षमा लबिङ समेत सुरु गरिसकेका थिए ।

उद्योग वाणिज्य महासंघको निर्वाचन पछि नै बुटवलमा अधिवेशन गर्ने सहमति भएको श्रेष्ठले बताए । पटक पटक स्थगित हुँदै आएको महासंघको अधिवेशन मंसिर महिनामा गर्न अघिल्लो हप्ता मात्र गृह मन्त्रालयले स्विकृति दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई