२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट



बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो बोडीमा अत्यधिक विषादी प्रयोग गरिएको भेटिएपछि नष्ट गरिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलले आज बिहान बजारमा आएका तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा उच्च मात्रामा विषादी अवशेष फेला परेको हो ।

प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकासँग समन्वय गर्दै विषादीयुक्त करिब १२० केजी बोडी डम्पिङ साइटमा लगेर नष्ट गरिएको छ । बजारमा दैनिक रूपमा आउने तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्ने कार्य नियमित रूपमा हुँदै आएको छ ।

प्रयोगशालाका नायब प्राविधिक सहायक राजिब भण्डारीका अनुसार परीक्षणका क्रममा उक्त बोडीमा अर्गानोफस्फोरेट समूहको विषादी ९७.०६७ प्रतिशत ‘इनहिबिसन’ देखिएको थियो, जुन अत्यन्त जोखिमपूर्ण स्तर हो ।

प्राविधिकहरूका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही समय ‘क्वारेन्टाइन’मा राखेर पुनः परीक्षण गरिन्छ । तर ४५ प्रतिशतभन्दा माथि पुगेका तरकारी अनिवार्य रूपमा नष्ट गरिने प्रावधान रहेको छ ।

विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी प्रयोग हुने र किसानले ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिने गरेको प्राविधिकहरूको भनाइ छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ४३ बजे

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

काठमाडौं ।सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको