२० भदौ २०८३, शनिबार | September 5, 2026

भारतमा अक्टोबर १५ देखि सिनेमा हल, मनोरञ्जनस्थल र प्रर्दशनीकक्ष खुल्ने



एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले आकान्त बनेको भारतले १५ दिनपछि लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ ।

भारत सरकारले शर्तसहित १५ अक्टोबरदेखि सिनेमा हल, मल्टिप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जनस्थल खोल्ने निर्णय गरेको हो ।

मनोरञ्जनका सबै क्षेत्र खोल्ने अनुमति दिए पनि भारतले त्यसका लागि केही शर्त भने बनाएको छ । सिनेमा, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सिट भर्न पाइने छैन । सरकारले आधा सिट खाली हुनुपर्ने बताएको हो । यसका लागि सरकारले छुट्टै निर्देशिका नै जारी गर्ने छ ।

भारतले केही शर्तसहित एक सय भन्दा धेरैलाई जमघटको लागि अनुमती दिने तयारीसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकापछि कोरोना भाइरसले सबैभन्दा प्रभावित भनिएको भारतले यसको रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनको अन्त्य गर्दै यस्तो निर्णय गरेको हो ।

सँगै भारत सरकारले १५ तारिखदेखि स्कुल र कलेज खोल्ने निर्णय गरेको छ । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारले अनलाइन कक्षा र दूरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको छ । यो पढाइ पद्धतिलाई प्रोत्साहन गरिएको जनाए पनि भारतले विद्यालय खोल्न अनुमति राज्य र स्कुललाई नै दिएको हो ।

कोरोना संक्रमित धेरै भएका ठाउँमा भने लकडाउन अक्टोबर ३१ सम्म कडाईंका साथ लागू गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ५५ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्