१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजदेखि दशैं-तिहार लक्षित सहुलियत मूल्यका पसल सञ्चालन



काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले आज (बिहीबार) देखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।

चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो ।

यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ । यो वर्ष कोभिड-१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी)ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिए ।

काठमाडौं उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।

ती सहुलियत मूल्य पसलमा चामलमा प्रतिकिलो पाँच रुपियाँ, नुनमा प्रतिकेजी दुई रुपियाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपियाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकेजी रु। १० छुट दिइने मन्त्रालयले जनाएको छ । डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ ।

खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथानले सहुलियत पसल सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । यसतै काठमाडौँमा तीनवटा घुम्ती पसल सञ्चालन गर्ने तयारी पनि छ । देशैभरमा साल्ट ट्रेडिङले ३५ वटा, खाद्य व्यवसथा तथा व्यापार कम्पनीले ३० वटा र दुग्ध विकास संसथानले सबै विक्री केन्द्रमा छुट दिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।

काठमाडौं उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ३० बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्