७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रासस चितवन प्रमुख अधिकारी दम्पत्तीलाई कोरोना संक्रमण



भरतपुर । राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड-१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि मंगलबार उनकी श्रीमती सुजाता पोखरेललाई संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित रिपोटिङमा हिँड्ने क्रममा आफू संक्रमित भएको अधिकारीले बताए । उनले भने, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रासस

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : ३५ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२