३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा दुई जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ५ जना, बाग्लुङका ६ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमध्ये बाग्लुङ निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहटबाट आएका हुन् ।

यस्तै, नवलपरासी देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत हुन् भने अन्य सबैजना कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय २१ पुगेको छ ।

सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १० : २९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै