१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आमाको दुधमा कोरोना विरुद्ध लड्न सक्ने अचुक क्षमता हुने अनुसन्धानबाट पुष्टि



वैज्ञानिक अध्ययनले प्रष्ट पारेको छ आमाको दूधले कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्छ । चिनियाँ अनुसन्धानकर्ताहरुले हालै गरेको अनुसन्धान अनुसार आमाको दूध खाने वच्चाहरुमा कोरोना भाइरस मार्न सक्ने क्षमता अरुमा भन्दा बढी हुन्छ ।

त्यसो त, स्तनपानबाट भाइरस फैलिन सक्ने भन्दै महामारी फैलिएसँगै केही स्वास्थ्य अधिकारीहरुले चेतावनी दिँदै आएका थिए । तर, विश्व स्वास्थ्य संगठनले भने आमाहरुलाई स्तनपानलाई जारी राख्न सुझाव दिँदै आएको छ ।

चिनियाँ वैज्ञानिकहरुले गरेको नयाँ अध्ययन अनुसार आमाको दूधले कोभिड–१९ लाई रोक्न सक्ने तथ्यलाई प्रमाणित गरेको छ । अध्ययनले निस्कर्ष निकालेको छ, मानव दूधले कोरोना भाइरस विरुद्ध लड्न मद्दत पर्याउँछ ।

बेइजिङमा अनुसन्धानकर्ताहरुले सार्स सीओभी–२ भाइरस (Sars-CoV-2 virus)को सम्पर्कमा आउने कोशिकाहरुमाथि मानव स्तनको दूधको प्रभावबारे परीक्षण गरेका थिए । यो दूध सन् २०१७ मै संकलन गरिएको थियो, कोरोना महामारीको सुरुवात भन्दा पहिला । त्यसपछि कोशिकाका विभिन्न प्रकारहरुलाई जनावरको मृगौलाको कोशिका, जवान मानिसको फोक्सो र पेटका कोशिकालाई छुट्याइएको थियो । परिणाम यो निस्कियो कि अधिकांश जीवित भाइरस दूधबाट मारिएका थिए ।

वेइजिङ यूनिभर्सिटी अफ केमिकल टेक्नोलोजीका प्रोफेसर टोङ यीगङको नेतृत्वमा गत शुक्रबार biorxiv.org मा प्रकाशित गरिएको नन पेपर रिभ्यु पेपर्समा लेखिएको छ, ‘भाइरसको आकर्षण, प्रवेशलाई आमाको दुधले नियन्त्रण गर्न सक्छ ।’

यसअघि स्तनपानलाई भाइरस प्रसारको जोखिमको रुपमा हेरिएको थियो । कोरोना संक्रमण सबैभन्दा पहिला फैलिएको चीनको वुहानमा कोरोना संक्रमित आमाहरुबाट जन्मिएका नवजात शिशुहरुलाई आमाबाट अलग्याइएको थियो । ती नवजात शिशुहरुलाई विशेष फर्मुला प्रयोग गरी दूध खुवाइएको थियो ।

संयुक्त राज्य अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले पनि चेतावनी दिएको थियो कि जुन वच्चालाई कारोना संक्रमित आमाहरुले स्तनपान गराएका छन् ,ती वच्चालाई पनि कोरोना संक्रमण हुने संभावना रहन्छ त्यसैले उनीहरुलाई शंकास्पद प्रसारकको रुपमा हेरिनुपर्छ ।

तर, हालै गरिएको अध्ययनले विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले बारम्बार भन्दै आएको तथ्यलाई समर्थन गरेको छ । विश्व स्वास्थ्य संगठनले आमाको दूधबाट वच्चालाई अलग नगर्न बारम्बार सुझाव दिँदै आएको थियो ।

डब्लुएचओले गत जुनमा आफ्ना वच्चालाई स्तनपान गराइरहेका विश्वभरका ४६ जना कोरोना संक्रमित आमाहरुको रेकर्ड लिएको थियो ।
त्यसमध्ये तीन जना आमाको दुधमा भाइरसको जीन पत्ता लागेको थियो । तर ति आमाका वच्चालाई कोरोना संक्रमण नेगेटिभ देखिएको थियो । खाली एक वच्चालाई मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी, त्यो वच्चालाई अन्य माध्यमबाट कोरोना सरेको हुनसक्ने आशंका गरिएको थियो ।

टोङ र उनका सहकर्मीहरुले मानव स्तनको दूधमा केही स्वस्थ्य कोशिकाको मिलाएका थिए । फेरि दुधलाई धोएर ती कोषिकाहरुलाई भाइरसको सम्पर्कमा राखेका थिए ।

उनीहरुले यी कोशिकामा कुनै पनि भाइरस प्रवेश गरेको पाएनन् । उपचारको माध्यमबाट पहिले नै संक्रमित कोशिकामा समेत भाइरसको फैलावटलाई रोक्न सफल भएका थिए ।

त्यसपछि अनुसन्धानकर्ताहरुले भाइरसको संक्रमणलाई आमाको दुधले नियन्त्रण गर्नसक्न निस्कर्ष निकाले । यसअघि पनि आमाको दूध एचआईभी, व्याक्टेरिया एवं अन्य भाइरसलाई रोक्न समेत सफल भएको अनुसन्धान भएको थियो ।

वैज्ञानिक टोङ र उनका सहकर्मीहरुलाई कोरोनाभाइरस केही एन्टिभाइरल प्रोटिनमा ल्याक्टोफेरिन जस्तै संवेदनशील हुने शंका थियो । तर, अनुमान गरिएजस्तो कुनै पनि प्रोटिनबाट काम गरेको देखिएन । बरु भाइरसको फैलावटलाई रोक्नका लागि नै काम गरेको देखियो ।

मानिसको दुधको कोशिकाका विभिन्न प्रकारको विस्तृत अध्ययन श्रृंखलामा भाइरसलाई समाप्त पार्न सक्षम देखियो । तर नुसन्धानकर्ताहरुलाई अझै पनि यो स्पष्ट भैसकेको थिएन कि यसको अन्तर के थियो ?

टोङ र उनका सहकर्मीहरुले मानिसको दुधबाट हुने कुनै पनि नोक्सानीको संकेत पाउन सकेनन्, जसले भाइरसलाई मार्ने समयमा सेल प्रसारलाई बढाउन मद्दत मिलोस ।

केही आमा बाबुले आफ्नो वच्चालाई खुवाउन पास्चुरिकृत गरिएको दुध प्रयोग गर्ने गर्छन् । यद्यपी चिनियाँ अनुसन्धानकर्ताहरुले निकालेको निस्कर्ष अनुसार १० मिनेटमा ९० डिग्रीको तापक्रममा दुधलाई तताउने हो भने प्रोटिन निस्कृय हुनजान्छ जसले कोरोना भाइरसको विरुद्ध काम गर्ने क्षमतामा २० प्रतिशत हा¥स आउँछ ।

आमाको दुध एन्टिभाइरल औषधी विकासका लागि महत्वपूर्ण कारणको पहिचान गर्न सक्षम हुने टोङको अनुसन्धानले निस्कर्ष निकालेको छ ।

साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित यो रिपोर्ट नेपाली पाठकका लागि समेत महत्पूर्ण हुनसक्छ

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १ : ३१ बजे

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

शिक्षामन्त्री श्रेष्ठको आग्रह- शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख