१२ बैशाख २०८१, बुधबार | April 25, 2024

त्रिभुवन राजपथको भैसेमा ट्रक दुर्घटना, तीन जना घाइते



हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भैसैखोलामा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

भीमफेदी गाउँपालिका–१ स्थित भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ना ७ ख ४२५२ नं.को ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा सवारी चालक बारा कलैया–२ का मिश्रीलाल राउत, सहचालक कन्हैयालाल पटेल र गाडीमा सवार ३० अनिलकुमार कुसवाहा रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त सडकबाट करिब २० मिटर तल खोलामा ट्रक खसेको छ । ट्रककको स्टेयरिङ बिग्रिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ३६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको