२ चैत्र २०८२, सोमबार | March 16, 2026

‘डा. गोविन्द केसीका माग जनताका माग हुन, छिटो पुरा गर’ : पूर्वराष्ट्रपति डा.यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले डा. गोविन्द केसीका जायज माग पुरा गर्नुपर्ने बताएका छ् ।

केसीको स्वास्थ्य अवस्था बुझ्न त्रि.वि. शिक्षण अस्पताल पुगेका यादवले केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे ।

आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रह मार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहेको पूर्वराष्ट्रपति यादवले टिप्पणी गरे ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रि.वि. शिक्षण अस्पतालमा पुगेका हुन् ।

यादवले डा. केसीले राख्दै आउनुभएका मागहरु पुराहुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रह समेत गरे । उनले राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा. केसीको ज्यान बचउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।

डा. केसीको यो १९ औं सत्याग्रह हो । विभिन्न माग राखि १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रि.वि. शिक्षण अस्पतालमा रहेका छन् ।

चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बसेका हुन् । तर सरकारले १९ दिन वित्दा समेत समस्या समाधानका लागि अहिले सम्म कुनै पहल गरेको छैन ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १ : ५८ बजे

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री