५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रदेश ५ को राजधानी दाङको देउखुरीमा तोक्न प्रदेशसभामा प्रस्ताव



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी ताक्ने बिषयमा औपचारीकरुपमा प्रदेशसभामा प्रस्ताव गरेको छ ।

सरकारका तर्फबाट प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका छन् ।

मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रलाई समेटेर स्थायी राजधानी राख्न प्रदेशसभामा प्रस्ताव गरेका छन्।

उनले प्रदेशको नाम लुम्बिनी राख्न समेत प्रस्ताव प्रस्ताव गरेका छन् ।  ‘यो प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल हुनेछ,’ ।

शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रदेशको नाम र राजधानीबारे सहमति भएको थियो ।

महासचिव विष्णु पौडेल समेत उपस्थित बैठकमा नेतृत्वबीच सहमति भएलगत्तै प्रदेश ५ को पार्टी कमिटीलाई पत्राचार भएको थियो । पार्टी केन्द्रको ग्रिन सिग्नल कुरेर बसेको प्रदेश ५ पार्टी, प्रदेश सरकार र प्रदेश सभा लगत्तै सक्रिय भएपछि शुक्रबार नै प्रदेशसभामा प्रस्ताव दर्ता भएको हो ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । पोखरेलकै आग्रहमा अध्यक्ष द्वय प्रचण्ड र ओली प्रदेश ५ को राजधानी दाङ देउखुरी तोक्न सहमत भएको बताईएको छ ।

बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : ३९ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको