६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश ५ को राजधानी दाङ सार्ने पक्षमा मतदान गर्न नेकपा सांसदहरुलाई ह्वीप, प्रदेशसभामा १४ सभासदको फरकमत



बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। शनिबार बिहान ८ बजेदेखि झण्डै ६ घण्टा बसेको नेकपाको संसदियदलको बहुमतले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री निवास बुटवलमा शनिबार बसेको बैठकमा सहभागि सभासदलाई मुख्यमन्त्रीले दिवा भोज समेत दिएका थिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा सचेतक भूमिश्वर ढकालले बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको जानकारी दिए।
बैठकमा रुपन्देही, पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने कपिलवस्तुलाई राजधानी बनाउनुपर्ने धारणा राखेका थिए।
सभासद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्। उनले यस अघि नै संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान सार्वजानिक गरिसकेका छन्।
बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिएका छन्। मुख्यमन्त्री पोखरेलले पार्टीले सदनमा पेश गरेको प्रस्तावलाई पास गराउनका लागि सांसदहरुलाई आग्रह गरे।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यस्तो प्रस्ताव पेश गरेका थिए ।
१४ सांसदको फरक मत
नेकपा प्रदेश नम्बर ५ प्रदेशसभाको संसदीय दलको बैठकमा पहिलो पटक फरकमत दर्ता भएको छ ।
प्रदेशको स्थायी राजधानी तोक्ने बिषयमा प्रदेशसरकारको तर्फबाट संसदियदलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलले प्रस्ताव गरेको दाङको भालुवाङ सहितको क्षेत्रलाई गरेको प्रस्तावको बिपक्षमा संसदियदलका १४ जना सभासदले फरकमत दर्ता गराएका छन् ।
उनीहरुले दर्ता गराएको फरकमतमाम ऐतिहासिक, साँस्कृतिक, पुरातात्वीक हरेक हिसाबले महत्वपूर्ण रहेको विश्व शान्तिका अग्रदुत महामानव गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको अस्थाई राजधानीको पूर्ववर्ती सरकारले गहन अध्ययनका साथ जनसंख्याको बाहुल्यता, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगार प्रवद्धनको आधारमा ५ नं प्रदेशको अस्थाई राजधानीको रुपमा निर्णय समेत भइसकेको अवस्थामा अन्यत्र सार्ने प्रस्तावमा असहमति जाहेर गरिएको छ ।
फरकमतमा भनिएको छ , “रुपन्देही जिल्ला तथा बुटवल नगरमा प्रयाप्त पूर्वाधार रहेको, प्रयाप्त जमीन उपलब्ध हुन सक्ने स्थान जहाँ सरकारले प्रयाप्त लगानी गरीसकेको छ । यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं । ”
संसदीय दलमा फरकमत दर्जगर्नेहरुमा भोज प्रसाद श्रेष्ठ,कृष्ण प्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, विमला पन्थी, थानकुमारी थापा, तुल्सी प्रसाद चौधरी, युवराज खनाल, नारायण प्रसाद आचार्य, रमा घर्तीमगर, डा. पुरन आचार्य, धर्मबहादुर लाल श्रीवास्तव, बिष्णु प्रसाद पन्थी र फौजिया मिया रहेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४३ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना