१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोनाको हाइप्रोफाइल अट्याक : प्रधानमन्त्रीका सल्लाहकारपछि सर्वोच्चका न्यायाधीस संक्रमित



काठमाडौं । कोरोना भाइरसको हाइप्रोफाइल आतंक बालुवाटारपछि सर्वोच्च अदालतमा प्रवेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश र केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ।

सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए ।

प्रशासनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’

न्यायाधीसलाई नै कोरोना संक्रमण थप फैलिन नदिन सर्वोच्च अदालतमा आइतबार एकल इजलास मात्रै गठन भएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन् ।

आज न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा रहेको देवेन्द्र दाहालले जानकारी दिए । सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने बताए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार, एक निजी सचिव, अर्का सचिवालय सदस्य र ६६ जना सुरक्षाकर्मीसहित ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान