२ चैत्र २०८२, सोमबार | March 17, 2026

काठमाडौंमा मात्रै थपिए १३७३ नयाँ संक्रमित, जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई दण्डित गरिने



काठमाडौं । काठमाडौंमा आइतबार झन धेरै संक्रमित थपिएका छन् । उपत्यकामा १५ सय ९९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्रै १३ सय ७३ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमितहरु बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नभएका संक्रमितलाई १० दिनमा पीसीआर गरेर नेगेटिभ आए घर पठाउने निर्णय गरेको छ ।

यस्तै, १० दिनमा पीसीआर गर्दा पोजेटिभ आए अर्को ४ दिन सम्म राखेर १४ दिनपछि परीक्षण नगरी घर पठाउने निर्णय गरेको छ।

यस्तै, जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरुलाई दण्डित गर्नेगरी कार्ययोजना बनाउने निर्णय पनि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यसैगरी प्रवक्ता गौतमले यस वर्षको दशैं जो जहाँ छ, त्यहीँ स्थानमा मनाउन अपिल गरेका छन् ।

पछिल्लो समय संक्रमणको अवस्था खराब भएको भन्दै गौतमले चाडबाडमा विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

चाडबाड मनाउन काठमाडौंबाट हरेक वर्ष दशौं लाख मानिस घर फर्किन्छन् । तर, काठमाडौं नै अहिले कोरोनाको मुख्य केन्द्र बनेका कारण दशैं मान्न बाहिर गए कोरोना पनि सँगै जिल्ला जिल्लामा थपिने सरकारको चिन्ता रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ३६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित