५ बैशाख २०८३, शनिबार | April 18, 2026

आईपीएल २०२० : पञ्जावलाई १० विकेटले हराउँदै चेन्नइ छैटौं स्थानमा उक्लियो



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत चेन्नइ सुपर किङ्स फराकिलो अन्तरले विजयी भएको छ । आइतबार सम्पन्न खेलमा किङ्स इलावेन पञ्जावमाथि १० विकेटले विजयी भएको हो ।

१ सय १९ रनको लक्ष्य पच्छाएको चेन्नइले १७.४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । चेन्नएका सेन वाट्सन र फाफ डु प्लेसिसले १ सय ८१ रनको साझेदारी गर्दै जित दिलाए । समान ८३ बलको सामना गरेका वाट्सन र प्लेसिसले नटआउट ८३ र ८७ रनको पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा १ सय ७८ बनाएको थियो ।

पहिलो विकेटका लागि लोकेश राहुलसँग अर्धशतकीय साझेदारी गरेका मयंक अग्रवाल टोलीको ६१ रन हुँदा आउट भए । राहुलले सर्वाधिक ६३ रनको पारी खेले । यस्तै, निकोलास पूरनले ३३, मन्दीप सिंहले २७, अग्रवालले २६ तथा सर्फराज खानले १४ रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २, रविन्द्र जडेजा र पियुस चावलाले समान १-१ विकेट लिए ।

जितसँगै चेन्नइ पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित पञ्जाव तालिकाको पुछारमा पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : १३ बजे

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता

मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज

मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा राताम्मे पहाडको भित्ता