१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

श्रम स्वीकृतिको काम आजबाट सुचारु



काठमाडौं । काठाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आजबाट पुनः श्रमस्वीकृति सेवा सुचारु गरेको छ ।

कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि गत बुधबारदेखि श्रम स्वीकृति लगायत सबै सेवा बन्द गरिएको थियो ।

श्रम स्वीकृति बन्द गरिँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई समस्या भएको थियो ।

भिसाको म्याद सकिन लागेका र तत्कालै श्रम गन्तव्य देशमा पुग्न चाहने श्रमिकहरु श्रम कार्यालय बन्द हुँदा मर्कामा परेका थिए ।

तर, ती श्रमिकहरुलाई ध्यामा राखेर आजबाट पुनः सेवा सुचारु गरिएको कार्यालयले जनाएको छ।

यद्यपी, कार्यालयमा जनस्वास्थ्य मापदण्डलाई कडाइकासाथ पालना गर्नुपर्ने नियम लगाइएको छ ।

सेवा लिन आउनेले सामाजिक दूरी पालना गर्नुपर्ने, कार्यालयले लगाएको गोलो चिन्हमा उभिनुपर्ने र त्यसअघि साबुमन पानीले राम्रोसँग हात धुन अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ५० बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय