१ पुस २०८२, मंगलबार | December 16, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प निको नहुँदै अस्पतालबाट डिस्चार्ज भए



काठमाडौं । कारोना भाइरस संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन ।

विगत ३ दिनदेखि वासिंगटन डिसीस्थित वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत राष्ट्रपति ट्रम्प गएराती अस्पतालबाट डिस्चार्ज भएका हुन ।
यसअघि ह्वाइट हाउसका चिकित्सक डाक्टर सीन कनले ट्रम्पको स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने बताएका थिए ।

डा। कनका अनुसार ट्रम्प पुरै रुपमा निको नभएपनि ह्वाइट हाउस फर्कनका लागि उनी सुरक्षित छन । राष्ट्रपति ट्रम्प मरिन वान हेलिकप्टरबाट ह्वाइट हाउस फर्किएका हुन । उनको थप उपचार अब ह्वाइट हाउसमै हुने चिकित्सकहरुले बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट निस्कनुअघि ट्विट गर्दै भनेका थिए, “चुनावी प्रचार प्रसार छिट्टै सुरु गर्नेछु । झुट्टा समाचार दिने सञ्चार माध्यमहरुले त्यस्तै झुट्टा भोटिङ पोल मात्रै देखाउँछन ।” यसको केही घण्टा अगाडी ट्रम्पले सोमबार साँझ अस्पतालबाट विदा लिंदैछु भनेर ट्विट मार्फत भनेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : १२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज