३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प निको नहुँदै अस्पतालबाट डिस्चार्ज भए



काठमाडौं । कारोना भाइरस संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन ।

विगत ३ दिनदेखि वासिंगटन डिसीस्थित वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत राष्ट्रपति ट्रम्प गएराती अस्पतालबाट डिस्चार्ज भएका हुन ।
यसअघि ह्वाइट हाउसका चिकित्सक डाक्टर सीन कनले ट्रम्पको स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने बताएका थिए ।

डा। कनका अनुसार ट्रम्प पुरै रुपमा निको नभएपनि ह्वाइट हाउस फर्कनका लागि उनी सुरक्षित छन । राष्ट्रपति ट्रम्प मरिन वान हेलिकप्टरबाट ह्वाइट हाउस फर्किएका हुन । उनको थप उपचार अब ह्वाइट हाउसमै हुने चिकित्सकहरुले बताएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट निस्कनुअघि ट्विट गर्दै भनेका थिए, “चुनावी प्रचार प्रसार छिट्टै सुरु गर्नेछु । झुट्टा समाचार दिने सञ्चार माध्यमहरुले त्यस्तै झुट्टा भोटिङ पोल मात्रै देखाउँछन ।” यसको केही घण्टा अगाडी ट्रम्पले सोमबार साँझ अस्पतालबाट विदा लिंदैछु भनेर ट्विट मार्फत भनेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : १२ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।