८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

इरानी ह्याकरको निशानामा ट्रम्पको चुनावी अभियान



काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्नो आन्तरिक कुराकानी, योजनासँग सम्बन्धित जानकारी र कागजात ह्याक भएको दाबी गरेको छ । अभियानका अनुसार यो ह्याकिङ घटना इरानी ह्याकरहरूले गराएका हुन् ।

अमेरिकी समाचार वेबसाइट पोलिटिकोलाई ट्रम्पको अभियान कार्यक्रमसँग सम्बन्धित व्यक्तिगत कागजातहरू इमेल मार्फत पठाइएको छ । यसमा रिपब्लिकन पार्टीको उपराष्ट्रपति पदका उम्मेदवार भान्सको बारेमा पार्टीको अनुसन्धानसँग सम्बन्धित जानकारी पनि समावेश छ ।

ट्रम्पको अभियानसँग सम्बद्ध एक प्रवक्ताले यी कागजातहरू अमेरिकाको शत्रु देशले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले चोरेको आरोप लगाएका छन् । पोलिटिकोले यी कागजातहरू प्रमाणित गरेको दाबी गरेको छ ।

ट्रम्पको पार्टीका प्रवक्ता स्टिभन चेउङले इरानले ट्रम्पलाई फेरि राष्ट्रपति बन्नबाट रोक्न चाहेको बताएका छन् । स्टिभनका अनुसार यदि ट्रम्प सत्तामा फर्किए भने उनले अघिल्लो कार्यकालमा जस्तै इरानको आतंकवादी गतिविधि रोक्ने दाबि गरेकाछन् ।

स्टीभनले ह्याङ्किङको समय रिपब्लिकन पार्टीको उपाध्यक्ष पदका उम्मेद्वार जेडी भान्सको चयनसँग जोडिएको छ । पोलिटिकोलाई जुलाई २२ मा नै २७१ पेजको इमेल पठाइएको थियो ।

ट्रम्पले ओहायोका सिनेटर जेम्स डेभिड भान्सलाई जुलाईमा रिपब्लिकन पार्टीको उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । ट्रम्पको चुनावी वक्तव्यको एक दिन अघि शुक्रबार सफ्टवेयर कम्पनी माइक्रोसफ्टले एक रिपोर्ट जारी गर्दै इरानी ह्याकरहरूले ट्रम्पको चुनावी अभियानलाई निशाना बनाएको यो रिपोर्टले दाबी गरेको छ ।

रिपोर्टका अनुसार ह्याकरहरूले रिपब्लिकन पार्टीसँग सम्बद्ध राष्ट्रपति पदका उम्मेदवारलाई निशाना बनाएका थिए । माइक्रोसफ्टको थ्रेट एनालिसिस सेन्टरले ट्रम्पको अभियानमा फिसिङ इमेल पठाइएको जनाएको छ।

केन्द्रका अनुसार पछिल्ला केही महिनामा इरानी ह्याकरहरूले गरेको ह्याकिङ आक्रमणको संख्या बढेको छ ।

माइक्रोसफ्टले पनि २०२० मा यस्तै रिपोर्ट जारी गरेको थियो । इरानी ह्याकरहरूले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको अभियानलाई प्रभाव पार्ने षड्यन्त्र रचेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ७ : ५४ बजे

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक,

सरकारको निरंकुशताका विरुद्ध आन्दोलन अपरिहार्य : प्रचण्ड

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले