२ बैशाख २०८३, बुधबार | April 15, 2026

बिटोभित्र पनि नक्कली नोट



काठमाडौं । दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ ।

यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउँछन् ।

बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए ।

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेस् नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउछन । नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ४८ बजे

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार