८ बैशाख २०८१, शनिबार | April 20, 2024

आईपीएल २०२० : मुम्बई इण्डियन्स शीर्ष स्थानमा, राजस्थान रोयल्स ५७ रनले पराजित



एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गर्दै साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए । महिपाल लोमरोरले ११ बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २, २ विकेट लिंदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १, १ विकेट लिए । यो जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौथो जित हो ।

राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा मात्र ४ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : २८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल