३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

आईपीएल क्रिकेट : दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा



काठमाडौं । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो ।

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए । १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो ।

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए । यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पु¥याएका थिए । दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए ।

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए । चेन्नईको जस हाज्विल्डले सर्बाधिक २ विकेट लिएका थिए ।

चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो । सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४१ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष