६ भदौ २०८३, शनिबार | August 22, 2026

आईपीएल क्रिकेट : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित



काठमाडौं । दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो ।

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए। अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शुक्रबार दुबईमा हुनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : २२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको