६ आश्विन २०८३, मंगलबार | September 23, 2026

प्राज्ञिक क्षमता माथि पक्षपात गर्दिन : उपकुलपति अर्याल



पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले प्राज्ञिक क्षमता माथि पक्षपात नगरी अघि बढ्ने बताएका छन् ।

प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालयद्वारा मंगलबार यहाँ आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयमा चुनौती र सम्भावना दुबै देखेको बताउँदै चुनौतीको सामना गर्दै सम्भावनालाई यथार्थमा परिणत गर्न पूर्व पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैबाट रचनात्मक सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।

आफ्नो जीवनको अनुभव पोखरा विश्वविद्यालयको उन्नयनमा खन्याउन आँफू आतुर रहेको बताउँदै उनले विश्वविद्यालयको दीर्घकालीन र अल्पकालीन नीति बनाएर अघि बढ्ने जानकारी दिए ।

विश्वविद्यालयका अधुरा काम सम्पन्न गर्दै यसको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र सो जिम्मेवारी पुरा गर्न दृढ सङ्कल्पित भएको उनले बताए ।

एक्लो व्यक्तिले केही गर्न नसक्ने हुनाले सबैको सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै उपकुलपति अर्यालले आगामी चार वर्ष पोखरा विश्वविद्यालय बाहेक अन्य कतै आफ्नो ध्यान नलगाउने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा हरिबहादुर खड्काले लामो समय पदाधिकारी रिक्त भएकाले विश्वविद्यालय ठूलो समस्यामा फस्दै गएकाले ती समस्या समाधान गर्न सबैले दोब्बर समय दिएर काम गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा विष्णुराज तिवारीले विश्वविद्यालयमा देखिएका समस्यालाई प्राज्ञिक हिसाबले समाधानका लागि अघि बढ्न उपकुलपति अर्याललाई सल्लाह दिए ।

कार्यक्रममा विश्वविद्यालयका कार्यकारी परिषद्का प्रा डा अजय थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति सञ्जीव थापा लगायतले विश्वविद्यालयमा विद्यमान समस्याको समाधानका लागि उपकुलपतिलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । रासस

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : १९ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै