२ मंसिर २०८२, मंगलबार | November 18, 2025

चिकित्सक संघले घोषणा ग-यो आन्दोलनका कार्यक्रम, भोलिबाट कोभिड-१९ र आकस्मिक बाहेकका सेवा बहिस्कार गरिने



काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघ आवद्ध चिकित्सकहरुले भोलि २२ गतेबाट कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । डा.गोविन्द केसीसँग वार्ता टोली गठन गर्न माग गरेको दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने कार्यक्रम तय भएको चिकित्सक संघले जनाएको छ ।

२३ गते शुक्रबारबाट देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य सबै स्वास्थ्य सेवा बहिस्कार गर्ने संघले बताएको छ । कोभिड र आकस्मिक सेवामा पनि अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले जानकारी दिएको छ ।

छ बुँदे माग राख्दै डा. केसीले कर्णाली प्रदेशको जुम्लाबाट सुरु गरेको सत्याग्रहको आज २४ दिन पुगेको छ । २४ दिन पुग्दा पनि सरकारले वार्ताको पहल नगरेकाले आन्दोलनको कार्यक्रम अगाडी बढाउन बाध्य पारिएको संघले बताएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ७ : १३ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो