३० माघ २०८१, बुधबार | February 12, 2025

संसदबाट पास भएको भन्दा प्रदेश राजपत्रमा फरक स्थानमा तोकियो प्रदेश राजधानी



बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश तथा प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई तोक्ने संसदको दुई तिहाई बहुमतले पास गरेपनि प्रदेश राजपत्रमा भने दाङको देउखुरी(राप्ती भ्याली)लाई मात्र स्थायी राजधानी तोकिएको सुचना जारी भएको छ ।

प्रदेशसभामा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रस्ताव दर्ता गर्दा देखि सभामुख पुर्ण घर्तीले दुई तिहाई बहुमतले पास भएको घोषणा गर्दा सम्म र मुख्यमन्त्रीले स्थायी राजधानीका बिषयमा बिशेष समयमा बोल्दा सम्म पनि कायम रहेको राप्ती र गढवा गाँउपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाका २ वटा वार्डलेले चर्चेको जमिन भन्ने शब्द वाक्य प्रदेश संसद सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रदेश राजपत्रमा सुचना प्रकाशित गर्दा गायव भएको छ ।

सामाजिक सञ्जालमा धेरै टिप्पणीकारहरुले अनुमान गरे जस्तै केवल मत तान्न भालुवाङ, अर्घाखाँची र बाङ्गेसालको नाम लिईएपनि प्रदेश सरकारको नियत दाङमा मात्र सिमित गरिने त होईन ? भन्ने कुरालाई प्रदेश राजपत्रले बल पु¥याएको छ ।

संसद सचिवालयले सुचना प्रकाशितगर्दा राप्ती उपत्यका(देउखुरी)मात्र उल्लेख गरिएपछि प्रदेश सरकारको नियतमा आशंका उत्पन्न भएको छ ।

प्रदेशसभामा प्रस्ताव पेश गर्दा आन्तरिक मामिला तथा कानुनुन मन्त्री केसीले स्पष्ट भाषामा र मुख्यमन्त्रीले स्थायी राजधानीका बिषयमा बिशेष समयमा बोल्दा सम्म राप्ती र गढवा गाँउपालिका तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाका २ वटा वार्डले चर्चेको जमिन भन्ने शब्द प्रयोग गरेका थिए । मुख्यमन्त्री पोखरेलले बिशेष समय लिएर बोल्दा पनि सबै स्थानलाई नछुटाई प्युठान जिल्लाको बाङ्गेसाल सम्मको क्षेत्रलाई स्थायी राजधानीकारुपमा ब्याख्या गरेका थिए । तर प्रदेश राजपत्रमा केवल राप्ती उपत्यका उल्लेख गरेर संसद सचिवालयले शंका उत्पन्न गराईदिएको छ ।

प्रदेश सभाका सभामुख घर्ती, मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री केसीको चाहना प्रदेशको स्थायी राजधानी कम्तीमा घोराही वा बेलझुण्डी सम्म लैजाने रहेपनि बाँके, बर्दिया, अर्घाखाँची र कपिलवस्तुको मनोबिज्ञानको आँकलन गर्दै ३ जनाकै सल्लाहमा प्रस्ताव गर्दा भालुवाङ भनिएपनि लमहीलाई फोकस गर्ने गोप्य योजना रहेको श्रोतहरुले दाबी गरेको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ३४ बजे

ग्यास उद्योगीको आन्दोलन १५ दिनका लागि स्थगित स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर

जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा

खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ।

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको