१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप



काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन गर्ने दाबी गरेको भए पनि अहिले आएर फेरि विद्युत् उत्पादन गर्ने समय अनिश्चित भएको हो ।

हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले कलकताबाट सामान ल्याउन ढिलाई गर्दा आयोजना समयमा सम्पन्न हुन नसक्ने भएको छ ।

दुईवटा भर्टिकल लाइनमा जोइन हुने एक्सपान्सन जोइन, डिस्पोजेबल बक्स, पल्गिङ गेट आउन बाँकी रहेको कारण अप्ठेरो परिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । कोरोना भाइरसको प्रभावका कारण उताबाट सामान आउन सकेको छैन । उनले भने, ‘त्यसका लागि हामीले हाम्रा स्टाफलाई कलकत्तासम्म पठाएर अपडेट लिइरहेको छौं ।’

न्यौपानेले भने, ‘अक्टोबरको अन्त्यसम्ममा हाम्रो सबै सामान नेपालमा आइपुग्यो भने डिसेम्बरसम्म हामी इरेक्सनमा जान्छांै, जनवरी फेब्रुअरीमा टेस्टिङमा र मार्चसम्म जेनेरेसनमा जान सक्ने देखिन्छ तर नेपालमा सामान आई नपुुग्दासम्म केही भन्न सक्ने अवस्था छैन ।’ अहिले तल्लो भर्टिकल साप्टमा बेन्ड पाइप, बाइफरकेसन पाइपमा जडानको काम अन्तिम चरणमा पुगेको छ ।

कोभिडको कारणले अक्टोबरसम्म इन्टरनेस्नल फ्ल्याट बन्द भएको कारण हाम्रो कम्प्याक्टरका एक्सपर्ट, हाम्रा कन्सलट्यान्ट अहिलेसम्म आउन सकेका छैन । यसले समेत आयोजनामा प्रभाव परेको छ ।

अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेको छ । ठेकेदारको ढिलासुस्ती र निर्माण सामाग्री अभावका कारण आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ ।

बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ ।

आयोजनाको निर्माणपछि भारतबाट विद्युत् आयात गर्न नपर्ने अपेक्षा गरिएको भएपछि आयोजना समयमा सम्पन्न गर्न नसक्दा नेपाल सरकारले बर्सेनि अर्बौं रुपैयाँको विद्युत् आयात गर्नुपरेको छ । गत आर्थिक वर्ष मात्रै १ हजार ७ सय ३९ गिगावाट आयात भएको थियो अर्थात् १ अर्ब ७२ करोड ९० लाख युनिट विद्युत् आयात गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्ष २ अर्ब ८१ करोड युनिट विद्युत् आयात गर्नुपरेको थियो ।

यो भार कम गर्नसमेत माथिल्लो तामाकोसीको विद्युत् चाँडोभन्दा चाँडो उत्पादन गर्नुपर्ने देखिन्छ तर आयोजनाको उत्पादन मिति भने एकपछि अर्को थपिँदै गएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ५१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग