११ श्रावण २०८३, सोमबार | July 27, 2026

सरकार र डा. गोविन्द केसीका वार्ता टोलीबीच वार्ता जारी



काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता जारी छ ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २५ दिनदेखि आमारण अनशनरमा रहेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयमा दुवै पक्षबीच आजबाट वार्ता सुरु भएको हो ।

बिहान १०ः४० बजेदेखि सुरु भएको वार्तामा डा. केसी पक्षको वार्ता टोलीले उनका माग औपचारिक रुपमा टेवुल गरेका छन् ।

सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार ३ सदस्यीय टोली गठन गरेको थियो । सरकारी टोली गठन भएसँगै केसी पक्षबाट पनि चार जनाको टोली गठन गरेको थियो ।

केसीको पक्षबाट सोलिडारिटी फर गोविन्द केसीका डा. जीवन क्षेत्रीले नेतृत्व गरेका छन्। सो टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

सरकारी टोलीको वार्ता टोली संयोजककमा शिक्षा सचिव गोपीनाथ मैनाली रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् ।

डा. केसीले ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाबाट आमरण अनसन सुरु गरेका थिए । आठौं दिनको दिनमा केसी नेपालगन्ज हुँदै काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन बसिरहेका छन् ।

केसीको स्वास्थ्य अवस्था बिग्रदैँ जाँदा चारैतिरबाट सरकारलाई वार्ताका लागि दबाब बढेपछि मात्रै वार्ता हुन लागेको छ । केसीको जीवन रक्षा र सार्थक वार्ताको माग गर्दै चिकित्सक, पेशाकर्मी लगायत नागरिकस्तरबाट समेत दबाब बढिरहेको छ ।

केसीले यसअघि सरकारले पटकपटक सम्झौता गर्दै धोखा दिँदै आएको भन्दै सार्थक वार्ता हुनुपर्ने अडान राखेका छन् । वार्ता टोली गठन भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै अन्तिम हुने केसीको बुझाइ छ ।

केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेको छ ।

संघले सामाजिक दूरी कायम गर्दै विभिन्न स्वास्थ्य संस्थामा धर्ना बस्ने, देशभरका संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा कालोपट्टी बाँधेर रिले अनशन गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १२ : ३६ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न