२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

नेपाल विरुद्ध फेक न्यूजको धन्दा चलाउने भारतको रिपब्लिक टिभी ‘टीआरपी’ बढाउने -याकेटमा संलग्न



मुम्बई पुलिसले भारतको रिपब्लिक टेलिभिजन च्यानलसहित अन्य दुई च्यानलले पैसा दिएर टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्टस्) बढाउने -याकेटको पर्दाफास गरेको छ ।

रिपब्लिक टिभीले भारतभित्र र बाहिरका समाचारमा फेक न्यूज चलाउने काममा बद्मान रहेको छ ।

सत्ताधारी बीजेपी र आरएसएसको गुणगान गाउने रिपब्लिक टिभीका प्रस्तोता अर्नव गोश्वामी भारतीय टेलिभिजन एन्करहरुमा समेत सबैभन्दा बद्नाम रहेका छन् ।
भारतले नेपालको भूमि अतिक्रण गरेको विषयमा नेपाल विरुद्ध रिपब्लिक टिभी र यसका प्रस्तोता गोश्वामीले अनर्गल प्रचार फैलाएका थिए ।

मुम्बई पुलिसका कमिश्नर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गर्दै रिपब्लिक सहित अन्य दुई मराठी टिभी च्यानलले समेत टीआरपी बढाउन पैसा दिने गरेको जनाएका छन् ।

उनका अनुसार पुलिसलाई अहिलेसम्म टीआरपी बढाउने -याकेटमा संलग्न ३ च्यानलको बारेमा मात्रै पत्ता लागेको छ । थप अनसन्धान भैरहेको छ । उनका अनुसार रिपब्लिक टिभीले टीआरपी सिस्टममा छेडछाड गरेको पाइएको छ ।

यससम्बन्धमा रिपब्लिक टिभीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । दुई मराठी टिभीका मालिकलाई भने पक्राउ गरिएको छ ।

पुलिसका अनुसार आम मानिसलाई आफ्नो घरमा कुनै विशेष च्यानल टिभीमा लगाउनका लागि करिब ४००-५०० रुपैयाँ हरेक महिना दिइन्थ्यो । पुलिस कमिश्नरले च्यानलका जिम्मेवार मानिस विरुद्ध कारवाही हुने स्पष्ट पारेका छन् । संयुक्त आयुक्त लेभलका एक अफिसरले यस मामिलामा जाँच गरिरहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ५ : ०८ बजे

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि