६ बैशाख २०८१, बिहिबार | April 19, 2024

आर्थिक वर्ष सुरुभएको ३ महिनापछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ल्यायो वार्षिक कार्ययोजना



बुटवल । आर्थिक वर्ष सुरुभएको ३ महिना पछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

भैरहवामा एक कार्यक्रमको आयोजना गरी विज्ञ केन्द्रले १५ करोड २ लाख ७८ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।

रुपन्देही जिल्ला र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) कार्यक्षेत्र क्षेत्र रहेको कार्यालयले कृषि उत्पादन, खाद्य तथा पोषण , स्मार्ट कृषि गाउँ, मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम, अभियान मुखि(मिसन), पशुपंक्षि विकास तथा पशु स्वाथ्य कार्यक्रम, ससर्त अनुदान तर्फका कार्यक्रम गर्ने लक्ष्य सार्वजानिक गरेको छ ।

कार्यक्रममा बोल्दै विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा.प्रवेज आलमले कोभिडको कारण कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न नसकीएको कार्यक्रमहरु यो बर्ष पुरा गर्ने लक्ष्य लिएको जानकारी दिए ।

जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एक राज विश्वकर्माले अवको कृषि भनेको उत्पादन मुखि, परिणाम मुखि हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : १६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी