२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

आईपीएल २०२० : हैदराबादको तेस्रो जित, ६९ रनले पञ्जाव पराजित



काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० प्रतियोगिता अन्तरगत सरराइजर्स हैदराबाद विजयी भएको छ । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

२ सय २ रनको लक्ष्य पच्छाएको किङ्स इलावेन पञ्जाव १६.५ ओभरमा १ सय ३२ रनमा समेटियो । पञ्जावका निकोलास पूरनले ७७ रन तथा लोकेश राहुल र सिम्रन सिंहले समान ११/११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।

पञ्जावका मोहम्मद शामी, शेल्डोन कोटरेल र अर्शदीप सिंह शून्य रनमा आउट भए । पञ्जावलाई सस्तैमा समेट्ने क्रममा राशिद खानले ३, खलिल अहमद र टी नटराजनले समान २-२ तथा अभिषेक शर्माले एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

पहिलो विकेटका लागि हैदराबादका कप्तान डेविड वार्नर र जोनी बेइस्ट्रोले १ सय ६० रनको साझेदारी गरे । वार्नरले ५२ रनको योगदान दिएका थिए । यस्तै ५५ बलको सामना गरेका बेइस्ट्रोले ६ छक्का र ७ चौकाको मद्धतमा ९७ रन बनाए । उनी आईपीएल २०२० मा विदेशी खेलाडीको तर्फबाट पहिलो शतक बनाउन ३ रनले चुके ।

हैदराबादका अन्य खेलाडीले ४१ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । अन्य खेलाडीमा केन विलियम्सनले २० तथा अविषेक शर्माले १२ रन जोड्दा अन्य तीन जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन ।

६ खेलबाट समान ३ खेलमा जीत र हारसहित ६ अंक जोडेको हैदराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै पराजित पञ्जाव दुई अंकसहित पुछारमा रहेको छ । तालिकामा मुम्बइ पहिलो र दिल्ली दोस्रो स्थानमा रहेका छन् ।

यस्तै, कोलकात्ता, बेङ्गलोर, चेन्नइ र राजस्थान क्रमश चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २८ बजे

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान