७ आश्विन २०८३, बुधबार | September 23, 2026

चन्द्रागिरि नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्यो, पाँचको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो ।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् ।

यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ ।

कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ ।

चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण गरिसकेको छ । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ४६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११