२ पुस २०८२, बुधबार | December 17, 2025

चन्द्रागिरि नगरपालिकामा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्यो, पाँचको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो ।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् ।

यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ ।

कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको छ ।

चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

नगरपालिकाभित्रका १० हजार व्यक्तिको पिसीआर परिक्षण गरिसकेको छ । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ४६ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि