११ बैशाख २०८१, मंगलबार | April 23, 2024

परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त



काठमाडौं । सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई नियुक्त गरेको छ ।

निवर्तमान सचिव शंकरदास बैरागी मुख्यसचिवमा बढुवा भएपछि परराष्ट्र सचिव खाली रहेको थियो । वरिष्ठ सहसचिवको रुपमा परराष्ट्र मन्त्रालय कार्यरत पौड्याललाई सरकारले बढुवा गर्दै सचिवमा नियुक्त गरेको हो ।

पौड्याल परराष्ट्र मन्त्रालयको प्रवक्ता थिए । वरिष्ठताको आधारमा पौड्यालको स्भाविक बढुवा भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्याङ्जाको चिलाउनेबासका स्थायी बासिन्दा पौड्याल २०४४ मा सरकारी सेवामा प्रवेश गरेका थिए।

२०४९ मा शाखा अधिकृत बनेका उनी २०५९ मा खुल्ला प्रतिस्पर्धाबाट परराष्ट्र सेवामा उपसचिव बनेका थिए ।

पौड्यालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूत लगायत विभिन्न महाशाखा र नियोगहरुमा काम गरेका छन् ।

सचिवका लागि वरिष्ठ सहसचिवको अन्य दुई दावेदारमा पाकिस्तानका लागि निवर्तमान राजदूत सेवा लम्साल र कालिप्रसाद पोखरेल रहेका थिए । लम्साललाई अहिले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

परराष्ट्र मन्त्रालयमा निजामति प्रशासन सेवाबाट समेत सचिव बन्न सक्ने गरी लविङ चले पनि परराष्ट्र सेवाबाटै सचिवमा नियुक्ति भएको छ ।

निवर्तमान परराष्ट्रसचिव बैरागीलाई सरकारले हालै मुख्य सचिवमा बढुवा गरेपछि निजामति प्रशासन सेवाका केही पूर्व सचिवहरुले सरकारको आलोचना समेत गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ५३ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको