२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

प्राध्यापक आक्रमणको छानबिन गर्न नेवि सङ्घको माग



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको छानबिन गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

“शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीको निर्देशनमा उपप्राध्यापकमाथि आक्रमण भएको हो”, ढुङ्गानाले आरोप लगाएका छन् । सो आक्रमण नेविसङ्घलाई बदनाम गराउन रचिएको षड्यन्त्र भएको अध्यक्ष ढुङ्गानाको भनाइ छ ।

“घटनासँग जोडेर घटना हुनुभन्दा दुई दिन अघिदेखि कोरोना सङ्क्रमित भएर आइसोलेसनमा बसेका विद्यार्थीको नामसमेत मुछेर गरिएको झुटो प्रचारप्रति दुःख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यही असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले प्राज्ञिक थलोलाई राजनीतिक थलो बनाउन नहुने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : २५ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले