६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो हिरोइन) र रु एक लाख ७२ हजार ७०० सहित एक जना युवकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका–१० घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–१० बस्ने २७ वर्षीय रामचन्द्र पुरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “बुढानिलकण्ठ–१० नगर अस्पताल एरियामा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा हाम्रो टोलीले अस्पताल नजिक रामचन्द्र पुरी बस्ने डेरा कोठाको खानतलासी गर्दा ५९.५ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ र रु एक लाख ७२ हजार ७०० सहित पक्राउ गरिएको हो ।”

प्रहरीका अनुसार निजको साथबाट डिजिटल तराजु एक थान, डायरी एक थान तथा एक थान निलो रङ्गको आइफोन पनि बरामद गरिएको जनाएको छ । पक्राउ परेका निज पुरीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १० : ३८ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध