१ पुस २०८२, मंगलबार | December 16, 2025

दाङबाट उपचार गर्न नेपालगन्ज पुगेका १५ वर्षिय कोरोना संक्रमित किशोरको मृत्यु, रुपन्देहीमा पनि थप १ जनाको मृत्यु



बुटवल । दाङको घोराहीबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका १५ वर्षिय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत किशोरको उपचारका क्रममा शुक्रबार राती ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले पुष्टि गरेका छन् ।

मृतक किशोरमा गत १९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा थेरापी सहित सबै उपचारका बिधि अपनाउंदा पनि बचाउन नसकिएको मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यता रुपन्देहीमा पनि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचारत सुद्धोधन गाँउपालिका ६ का ५७ वर्षिय पुरुषको शुक्रबार ४ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएर गत असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भए पछि कोरोना बिशेष अस्पताल भर्ना गरिएको थियो । उपचारकाका सबै उपाय अपनाउंदा पनि उनलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । गौतमका अनुसार मृतकले लामो समय देखि क्षेयरोगको औषधी सेवन गरिरहेका थिए ।

आज मृत्यु भएसंगै रुपन्देहीमा मृतकको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज