२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

दुई सातादेखि अवरुद्ध गुल्मीको रिडी-रुद्रवेणी सडक सुचारु



रिडी । पहिरोका कारण गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको रिडी-रुद्रवेणी सडक सुचारु भएको छ ।

रुरु गाउँपालिका १ अन्तर्गत विष्णुपञ्जर नजिकै सडक माथिबाट चट्टान सहित खसेको ठूलो पहिरो हटाएपछि सडक सुचारु बनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले जानकारी दिएका छन ।

पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकमा पटक पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन थप समस्या परेको थियो । सडक सुचारु गर्नका लागि स्थानीय रुरु गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको पहलमा रिडी र रुद्रवेणी दुवै तर्फबाट चार दिनसम्म जेसीभि र ईस्काभेटर परिचालन गरि पहिरो हटाउने काम भएको थियो ।

गुल्मीको रिडीदेखि वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्म सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत र खाद्यान्न ढुवानीमा थप समस्या परेको थियो । उक्त सडक खण्डमा पहिरोले दुई सय मिटर भन्दा बढी सडक पुरिएको थियो ।

चाडवाड नजिकिँदै जाँदा लामो समयसम्म सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौं मानिसहरु थप समस्यामा परेका थिए । सडक सुचारु भएसँगै दुवै क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ गएका छन ।

रिडी–रुद्रवेणी सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने अति व्यस्त सडक अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ३७ बजे

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज