१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दशैंको सम्झना



धरणीमा लमतन्न सुतेकी शरद ऋतुको छातिमा सौरभित बहुरङ्गी पुष्पहरुले सौन्दर्य छरिरहेका थिए, सुवासित भएर । शरदलाई अत्यन्त रमणीय र विमोहित पारेकी थिइन,प्रकृतिले । हिलाम्य हरित बर्षा ऋतु पनि विदा भएर गैसकेकीले नुहाएर अख्रिएको कपाल जस्तै भएकी थिइन् शारदीय धरणी । हिन्दु आँगनमा मुस्कुराइरहेका थिए, बर्षभरिकै महान पर्व पन्ध्र दिने दशैं र पाँचदिने तिहार ।
सुखम दुःखम उज्यालो अँध्यारोबाट गुज्रिएको समयको अग्रगतिमा मानव जीवनमा धेरै परिवर्तन भैसकेको थियो, सकारात्मक र नकारात्मक । नौ कक्षा पढ्दा पढ्दै घरबाट भागेर विदेशिएको लाले अर्थात लालबहादुर क्षेत्रीको परदेशी समयावधि पनि अहिले दश बर्ष घस्किसकेछ, प्रत्येक पल,प्रत्येक दिन,रात,प्रत््रयेक सप्ताह,मास र बर्ष हुँदै ।

गणेशबहादुर जीसी

ऊ अर्थोपार्जनको आधारभूमि खोज्दै परदेशीएको थियो,भारतको सिमलामा । त्यहाँ पुगेर काममा लागेको खबर केवल एक पटक मात्र पठाएको थियो उसले, कापीको पानामा लेखिएको चिट्ठीबाट । त्यसपछिको उसको जिन्दगीले अर्कै मोड लिएको थियो । काम गर्ने ठाउँमा सम्पर्कमा आएकी ओखलढुङ्गाका इन्द्रबहादुर चाम्लिङ्ग राइकी छोरी कलावती राईसंग घरजाम गरेर नयाँ संसारमा ऊ रमाएको थियो । त्यसपछि जन्माएका बच्चाहरु पनि छ,आठ बर्षका भैसकेका रहेछन् ।

यता घरमा भने चिन्ताकुल बाबुआमा दिनानुदिन अनिश्चयको समय घस्काइरहेका थिए । अन्य समयमा भन्दा बढी प्रत्येक दशैंमा “यसपाली त छोरो आउलाकी, आइदिया भया गतिलो अरीकन दशैं मान्दाहौं, बाजाने क्या भयो क्याभयो ? कतै केही पो भैगो कि” भनेर दैलेखमा बस्ने बाबुआमाले आँशु बगाइरहन्थे । गठिलो पुरुष मनको बाबुको आँशु अलिकति सुके पनि कोमल मनकी आमाको आँशु बेला बेलामा बगिरहन्थ्यो ।

समयको चक्र न हो । घुम्दै घुम्दै दिन, सप्ताह,बर्षको गणना गर्दै मानिसको आयु निल्दै मृत्युको ढोकासम्म पु¥याएर समाप्त पार्ने प्रकृतिको÷समयको दुर्धर्ष कालक्रम ।

यही चक्रीय प्रणाली अनुसार कठोर निष्ठुरी लालबहादुर विदेशिएको दशौं बर्ष पश्चात उसको मानसपटलमा पारिवारिक दशैंको रौनकताले स्पर्श गरेछ, अकस्मात एक दिन ।

प्रकृतिको देन । निश्चित समयमा पूmलहरु जुर्मुराउने, मानिसको जीवन जुर्मुराउने अनि धरणी जुर्मुराउने अपरिहार्य आवश्यकता ।, प्रकृतिको शाश्वत विधि । सोही विधि मुताविक विगतलाई झल्काउन यस बर्ष पनि शरदले ओढेको पुष्पित सौन्दर्य, दैलेखको धरणीमा छाप्पिएको थियो । मानौं प्रकृतिले ओढाइदिएकी थिइन् । त्यस्तै ऊ बसेको ठाउँमा पनि बर्षाले विश्रान्तिपछि जुर्मराएको शारदीय आगनमा ऋतुजनित फूलहरु, हजारी ,सयपत्री,गुर्धौली,सुपारी,मखमली, देख्दा उसको स्मृतिपटलमा पनि दशैं, तिहारको रौनकता जुर्मुराएछ ।

त्यसैले यसपालीको दशैंले लालबहादुरलाई कुत्कुत्याएपछि बलियो अठोट बनायो यसपाली त सपरिवार घर लैजान्छु । अनि बिर्सिएका परिवार, बाबुआमाको सम्झना, भाई बहिनी,फुपूहरुको सम्झना मेट्छु । इष्टमित्रहरुको जमघटमा हुने गरेको टीका–जमराको भव्य वडादशैं तथा तिहारलाई पुनरावृत्ति गर्छु,उमङ्ग मनाउँछु । कुनै बेला टीका–जमरा लाएर आफैले मच्चाई मच्चाई खेलेको लिङ्गेपिङको सम्झना । यस्तै सम्झनाहरुले तान्यो उसलाई यसपाली, उसको मनबाट हराएको जन्मघर र दशैं तिहारले ।
अनि यसपालीको दशैं मान्न दुई महिनाको छुट्टी मिलाएर घर जाने निधो बन्यो । निर्धार्रित योजना अनुसार घरको परिचयबाट ओझेलमा रहेकी श्रीमती र नेपाली राम्रो बोल्न नजान्ने,हिन्दी भाषी पाँच सात बर्षका दुई छोराछोरीलाई लिएर सिमलाबाट घर प्रस्थान भयो,लालबहादुर ।

घरको स्मृति र स्वत्वको नयाँ अनुभूतिले तान्दै उनीहरुलाई गाउँमै पु-यायो, रेल, बस, पैदल हुँदै । गाउँमा प्रबेश गर्दा मुस्कुराइरहेको दशैंको रोैनकताले उसको निजी परिवारलाई समेत उल्लासमय बनायो ।

अन्यौलग्रस्त उसको लामो समयदेखि प्रतीक्षारत घर परिवारको उद्वेग, उत्साहको धुरी चढेको वशन्तको मयुर जस्तो भयो । सँधैभरि प्रतीक्षारत चिन्ताकुल बाबुआमाको “यसपाली” पिजडाबाट मुक्त कालिज जस्तो भयो र हर्षको आँशु बर्रर खस्यो,आँखाबाट । भाई,बहिनीहरु र फुपुहरु पनि सपरिवार उसको आगमनलाई स्वागत गर्न हर्षको पखेटा फटकार्दै जम्मा भए । त्यस्तै आगनभरि जम्मा भएका शुभचिन्तक गाउँलेहरु, जो धेरै समयदेखि विछोडिएको लालबहादुर र उसको नयाँ परिवारलाई भेट्न लालायित थिए, उनीहरु पनि पुलकित भए ।

महान चाड पर्वले निम्त्याएको सपरिवार लालबहादुरको यसपालीको दशैं तिहार, पुष्पोद्यान पार्कमा मनाएको पिकनिक जस्तो भयो । पारिवारिक जमघट र फूल अक्षता,जमराले युक्त उसको घर आगनमा रौनकताले झिलिमिली पा-यो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ४७ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना