२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा सम्पन्न



बुटवल । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभा शनिवार सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता एवं सदस्य सचिव प्रा. डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको उक्त सभामा रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख एवं विकास परिषद्का पदेन सदस्य एकराज विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा बोल्दै प्रमुख अतिथि विश्वकर्माले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको चर्चाले हामी सबैलाई गौरवान्वित बनाएको बताए ।

क्याम्पसले मानित विश्वविद्यालयमा रुपान्तरण हुनको लागि गरिरहेको गतिविधिले यस क्षेत्रमा नै उत्साह थपिएको बताउदै सबैले आआफ्नो स्थानबाट पहल गरि क्याम्पसलाई चाडै नै मानित विश्वविद्यालयमा रुपान्तरण गर्नुपर्र्ने कुरामा जोड दिए साथै मानित विश्वविद्यालय बनाउन आफ्नो तर्फवाट आवश्यक सहयोग भइरहेको र आगामी दिनहरुमा समेत रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द« प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैजु लगायतले बोलेका थिए ।

दशौं सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन र क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले प्रस्तुत गरेको मानित विश्वविद्यालय सम्बन्धीे प्रतिवेदन पारित गरेको छ साथै आन्तरिक लेखा परीक्षण उपसमितिका सदस्य तथा भु.पु. विद्यार्थी समाजका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले आ.व. ०७६/०७७ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए भने श्रेष्ठले नै पेश गरेको आ.व. ०७७/०७८ को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक सभाले सोही अनुसार निर्णय गरेको छ । उक्त सभाले आ.व. ०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व ०७७/०७८ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ ।
परिषद्का अध्यक्ष मोतिलाल पाण्डेले परिषद् सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र साथले नै लुम्बिनी वाणिज्य क्याम्पस आफ्नो लक्ष्यमा पुग्ने भएकोले त्यसका लागि क्याम्पस परिवार एकसाथ प्रतिवद्ध भएर अगाडी बढेको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३१ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु